काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल सरकारमा सहभागि नहुने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निणर्य गरेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए।
कांग्रेस नेतृत्वको गठबन्धनमा सरकारमा सहभागि हुन तयार सो पार्टी माओवादी र एमाले मिलेसंगै सरकारमा नजाने निर्णय गरेको हो।