बिहिवार, आश्विन १५ गते २०८३

हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु

सोमवार , पौष ११, २०७९

न्युयोर्क। अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् ।

हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् । 

८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् ।  आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।  बरफ र हिउले सडक, पुल, घर तथा बाहिर पाकर्किङ गरेर राखेका घर ढाकेका छन् ।

केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार