शुक्रवार, आश्विन २३ गते २०८३

रविको पहिलो निर्णय: निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

सोमवार , पौष ११, २०७९

काठमाडौं। नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निणर्य गरेका छन्।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निणर्यको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निणर्य गरेको बताए।

त्यस्तै लामिछानेले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकोले रोजेको बताए।

गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले सो मन्त्रालय रोजेको बताए। यद्यपी राश्वपा सरकारमा जाँदा पार्टीमा भने असन्तुष्टी देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार