शुक्रवार, आश्विन २३ गते २०८३

केही गरौं भन्नेहरुको टिम छ, मलाई सहज लागेको छ: प्रधानमन्त्री प्रचण्ड

सोमवार , पौष ११, २०७९

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छु भन्ने लागेको बताएका छन्।

पहिलो मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै प्रचण्डले केही गरौं भन्नेहरुको टीम भएकाले आफुलाई सहज लागेको बताए। उनले भने, ‘केही गरौं भन्नेहरुकै टिम बनेको छ, त्यसकारण मलाई सहज लागेको छ ।’

जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको पनि उनले बताए।

उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।

‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं ।’, प्रधानमन्त्री प्रचण्डले थपे, ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार