गृहमन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घन्टा भित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ।
रवि लामिछाने गृहमन्त्री बनेकै भोलिपल्ट मन्त्रालयले यस्तो निर्देशन दिएको हो। कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएकालाई गृहले फिर्ता बोलाएको हो।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्थाभन्दा विपरित सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षकर्मी तथा सहयोगी राखेको भए ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो।
मन्त्रालय प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा बहालवाला तथा पूर्वकर्मचारीहरुले कार्यविधिमा व्यवस्था भएअनुसार सुरक्षाकर्मी राख्न भनिएको छ।