शुक्रवार, आश्विन २३ गते २०८३

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

मंगलवार , पौष १२, २०७९

काठमाडाैं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पुस २२ गते शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने बताए ।

चुनावमा ८९ सिट जित्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस दलहरुबीच सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य बनेको छ ।

बैठकमा यीसहित समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार