बुधवार, आश्विन १४ गते २०८३

चेस संघ पनि विघटन, गौतमको अध्यक्षतामा तदर्थ समिति

बुधवार , पौष १३, २०७९

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले नेपाल बुद्धिचाल (चेस) संघ पनि विघटन गरेको छ।

केही महिनाअघि संघमा निर्वाचित कार्यसमिति आए पनि विरोध र विवाद देखिएको थियो।

निर्वाचनमा धाँधली भएको भन्दै एउटा पक्षले अस्वीकार गरेपछि राखेपले विघटन गरेर तदर्थ समिति बनाएको हो। तदर्थ समितिको अध्यक्षमा विदुरप्रसाद गौतम रहेका छन्।

समिति २१ सदस्यीय रहेको छ। यसअघि राखेपले विवाद देखिएको भन्दै नेपाल तेक्वान्दो संघ, शारीरिक सुगठन संघलाई पनि विघटन गरेर तदर्थ समिति बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार