काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरु बैठक जारी छ ।
बालुवाटारस्थित शेखर कोइराला समूहको सम्पर्क कार्यालयमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसभित्र देखापरेको आन्तरिक संकटबारे छलफल गर्न कोइराला र महामन्त्री गगन थापासहितका नेताहरु छलफलमा जुटेका हुन् ।
यस्तै बैठकमा उपसभापति धनराज गुरुङ, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी छन् । समसामयिक राजनीतिक घटनाक्रम, प्रदेशमा संसदीय दलको नेता चयनलगायत बारेमा छलफल केन्द्रित छ ।
केन्द्रीय समितिको बैठकका एजेन्डामाथि पनि छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् । पार्टीभित्रको समस्या समाधानका लागि पुस २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।