शुक्रवार, आश्विन २३ गते २०८३

जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध

बुधवार , पौष १३, २०७९

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन्। 

संसदीय दलको निर्वाचनका लागि आज निर्वाचनको समय तोकिएको थियो । तर यादवको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । 

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।

अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि एक समूहले संसदमा प्रतिनिधित्व गर्ने अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार