शुक्रवार, आश्विन २३ गते २०८३

शेरबहादुर देउवाले छाडे बालुवाटार

बुधवार , पौष १३, २०७९

काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।

सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् ।

बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा सरेका छन् । 

२८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि धुम्बाराहीमा सरेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार