शुक्रवार, आश्विन २३ गते २०८३

देउवाकाे एकलौटीपनाले गठबन्धन भत्किएको शेखर समूहको निष्कर्ष, राजीनामा माग्ने तयारी

बुधवार , पौष १३, २०७९

काठमाडाैं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ।

डा.शेखर कोइराला समूहको आज बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निणर्य प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताएका हुन् ।

इतर समूह आगामी केन्द्रीय कार्य समिति बैठकमा देउवासँग फेस गर्ने योजनामा छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको जनाइएको छ ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बसेको थियो । पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने तयारी छ । नयाँ सत्तासमीकरण भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ।

संसदमा ठूलो दल बनेको कांग्रेस पार्टी सभापति देउवाकै हठका कारण प्रतिपक्षमा पुगेको भन्दै कांग्रेसभित्र विवाद सिर्जना भएको छ । पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको छ ।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । आजको इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी थिए ।

इतर समूहले देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार