आइतवार, श्रावण २४ गते २०८३

चलचित्र विकास बोर्डको महिला समिति सदस्य बनिन् पूजा शर्मा

बिहिवार , पौष १४, २०७९

काठमाडौं। अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।

हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार