आइतवार, श्रावण २४ गते २०८३

बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौं । एक कार्यक्रममा सहभागी हुन चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी आज काठमाडौंमा आइपुगेकी छन् ।

आजदेखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने जनाइएको छ । मनीषा कोइराला पनि सहभागी हुनेछिन् ।

सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार