काठमाडौं। महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आफ्नो कार्यकाल कति समय हुन्छ भन्ने ख्याल नगरी काम गर्ने बताएका छन्।
महान्यायाधिवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा उहाँले आफू भोलिदेखि नै यो संस्थालाई अझ राम्रो बनाउने प्रयत्नमा लाग्ने बताएका हुन्।
महान्यायाधिवक्ता पोखरेलले आफू एउटा व्यक्तिले मात्र संस्थाको कायापलट गर्न सक्छ भन्ने कुरामा विश्वास नगर्ने भन्दै सबैको सहकार्यबाट राम्रो काम गर्ने कोशिस गर्ने पनि बताए।
महान्याधिवक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने बताउदै सरकारी वकिलको छुट्टै सेवा शर्तसम्बन्धी ऐन ल्याउन पहल गर्ने पनि बताए।