काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन्।
रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको छ ।
ज्येष्ठ सदस्य रावलले अब प्रदेशसभाका अन्य ५२ जना सदस्यहरुलाई शपथ खुवाउनेछन्।