बुधवार, आश्विन १४ गते २०८३

आहा ! रारा गोल्डकप: साविक विजेता एपीएफ सेमिफाइनलमा, धरान बाहिरियो

शनिवार , पौष १६, २०७९

साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

एपीएफलाई जित दिलाउन बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे ।खेलको ३७ औं मिनेटमा बिकुले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४० औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

यसपटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार