बुधवार, आश्विन १४ गते २०८३

आहा ! रारा गोल्डकप फुटबलः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

सोमवार , पौष १८, २०७९

काठमाडौं। संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टेफन बिनोङले एक एक गोल गरे ।आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे ।संकटाले एक गोलको अग्रता उल्टाएर आर्मीलाई हराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार