शुक्रवार, आश्विन १६ गते २०८३

डेरी उद्योगीले बढाएको दूधको मूल्य फिर्ता

मंगलवार , पौष १९, २०७९

काठमाडौं। डेरी उद्योग संघले बढाएको दूधको मूल्य अन्ततः फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, दुग्ध विकास बोर्ड र डेरी उद्योग संघबीच आज भएको छलफलमा बढेको मूल्य फिर्ता लिन उद्योगीहरु सहमत भएका हुन् ।

पुस १६ गतेबाट डेरी उद्योग संघले प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएको थियो ।

त्यसको चौतर्फी विरोधका बीच आज भएको छलफलबाट मूल्य फिर्ता गर्न उद्योगी सहमत भएका छन् । साथै डेरी उद्योग संघले यसअघि बढेको मूल्य तिरेका उपभोक्तालाई रकम फिर्ता गर्न पनि सम्बन्धित उद्योगीलाई आग्रह गरेको संघका अध्यक्ष राजकुमार दाहालले बताए।

विज्ञ टोली बनाउने सहमति पनि भएको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार