बुधवार, आश्विन १४ गते २०८३

मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा

मंगलवार , पौष १९, २०७९

अमेरिकाको भुटनीज युथ सकर क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै भुटनीजले अन्तिम चारको यात्रा तय गरेको हो । भुटनीजको जितमा प्रविन बस्नेतले निणर्ायक गोल गरे ।

उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार