बुधवार, आश्विन १४ गते २०८३

टी-२० क्रिकेटः श्रीलंकाविरुद्ध भारतको रोमाञ्चक जित 

बुधवार , पौष २०, २०७९

काठमाडौं। श्रीलंकासँगको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली भारतले २ रनको रोमाञ्चक जित निकालेको छ । योसँगै तीन खेलको टि-२० श्रृंखलामा भारतले १-० को अग्रता बनाएको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा भारतले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १ सय ६० रनमा समेटियो ।

श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । भारतका दिपक हुडा ४१ तथा अक्षर पटेल ३१ रनमा अविजित रहे ।

त्यस्तै इशान किशनले ३७ रन बनाए । श्रीलंकाका दिल्शान मधुशंका, महेश तिक्षणा, चमिका करुणारत्ने, धनन्जय डा शिल्भा र वानिन्दु हसरंगाले समान एक/एक विकेट लिए । दुई देशबिचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार