शुक्रवार, आश्विन २३ गते २०८३

सुदूरपश्चिममा २७ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

बुधवार , पौष २०, २०७९

काठमाडौं। सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन३। संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिए।

संविधानको धारा १६८ को (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत नहँुदा बहुमत पुर्‍याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

सत्ता गठबन्धन र ठुलो दल कांग्रेसलाई सरकार गठनका लागि नागरिक उन्मुक्ती पार्टी निणर्यक मानिएको छ । तर उन्मुक्ति पार्टीले सरकार गठनमा सघाउन संरक्षक रेशम चोधरीलाई रिहा गर्नु पर्ने शर्त राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार