काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मार्गनिर्देशनमा संसोधन भएको हो ।
बैंकले १ करोडसम्मको चालुपूँजी कर्जामा चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमा कार्यान्वयन नहुने व्यवस्था गरेको छ । १ कात्तिकदेखि कार्यान्वयनमा आएको मार्गदर्शनमा ५० लाख रुपैयाँसम्मको कर्जामा उक्त सीमा लागु नहुने व्यवस्थालाई संशोधन गर्दै उक्त सीमा बढाएर १ करोड पुर्याएको हो ।
यस मार्गदर्शनअनुसार तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गरे हुने व्यवस्था कायम गरिएको छ ।
त्यस्तो रकमलाई अर्धवार्षिक रुपमा भुक्तानी हुनेगरी आवधिक कर्जा शिर्षकमा मिलान गर्न पाउने व्यवस्था गरिएको छ । तोकिएको सीमाभन्दा बढी भएको कर्जा ५ किस्तामा तिर्न पाउने व्यवस्था गरिएको छ ।
कर्जाको अवधि, भुक्तानी तालिका तथा किस्ता रकम परिवर्तन गर्न भने नपाइने व्यवस्था छ । यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीसित अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् ।
WC Guidelines 1st Amendment upload.pdf :To download file click here