शुक्रवार, आश्विन १६ गते २०८३

नेप्से परिसूचक २१ सय माथि, १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

बुधवार , पौष २०, २०७९

काठमाडौं। सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । आज राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई संशोधन गर्ने चर्चासँगै लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा यस दिन बजार ६४.८७ अंक बढेको हो ।

सो अंकको वृद्धिपछि नेप्से २१२५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम समेत बढेको छ । दिनभर कुल ३ अर्ब ५० करोडको कारोबार भयो ।

यसअघि हिजो मंगलबार ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । कुल २०७ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

कालिका लघुवित्त, साल्ट ट्रेडिङ, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार