बुधवार, आश्विन १४ गते २०८३

आहा ! रारा गोल्डकपः अमेरिकाको भुटनीज युथ फाइनलमा

बिहिवार , पौष २१, २०७९

काठमाडौं। भुटनीज युथ सकर क्लब युएसएले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान पक्का गरेको हो ।

भुटनीजको जितमा रोजिन प्रजापतिले निणर्ायक गोल गरेका हुन् । रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । अब भुटनीजले उपाधिका लागि फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार