शुक्रवार, आश्विन १६ गते २०८३

विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ

शुक्रवार , पौष २२, २०७९

काठमाडौं। अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद समेत दिएको छ।

ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए।

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका-६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन्।

आरोपितविरुद्ध ’हन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेड’ लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो । यी कम्पनीले विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरित कारोबार गरेको लगायतका आरोप लगाइएको छ ।

त्यस्तै अमेरिकी नागरिक जुलिया होडेज लगायत विदेशीसँग एन्टी भाइरस नवीकरण वापत्को रकम पठाउन भन्दै झुक्याएको र जुलियाको कम्प्यूटरमा अनधिकृत पहुँच पुर्‍याई अमेरिकी डलर ट्रान्सफर गरेको त्यसक्रममा वायर स्क्याम गरी स्वीफ्ट मार्फत् अमेरिकी डलर ४६ लाख ४६ हजार ७ सय ३७ र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० र पाउण्ड स्टर्लिङ १२ हजार ८ सय २५ को शंकास्पद कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ । यो रकम फुकुवा गर्न पूर्वअर्थमन्त्री जनार्दन शर्मा सक्रिय बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार