बुधवार, आश्विन १४ गते २०८३

इटालियन सिरी ए: युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

आइतवार , पौष २४, २०७९

काठमाडौं । युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । 

खेलको ८६ मिनेटमा डानिलोले विजयीगोल गरेका थिए । जितसँगै  युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो । 

यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ । पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १–० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २–२ को बराबरीमा रोकियो ।

इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ । तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार