शुक्रवार, आश्विन १६ गते २०८३

सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी भव्यताका साथ सम्पन्न

आइतवार , पौष २४, २०७९

काठमाडाैं। १६ औँ अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी भव्यताका साथ सम्पन्न भएकाे  छ। काठमाडौंको भृकुटीमण्डपमा पौष २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको कार्यक्रम शनिबार गते समापन भएको हो। 

जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको सो प्रर्दशनको २० हजारभन्दा धेरैले व्यक्तिहरूले अवलोकन गरेका छन्। धेरै विदेशी पर्यटक तथा उद्योगीहरूको पनि उल्लेख्य सहभागिता रहेकाले आफूहरू सफल भएको आयोजक जुत्ता उत्पादक संघको दावी छ। 

संघले सो प्रदर्शनीपछि आगामी दिनमा आफ्ना उत्पादनलाई विदेशमा निर्यात ५० प्रतिशत बढाउने तथा नेपालमा ३० प्रतिशत खपत बढाउदै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ। 

 

No description available.

प्रदर्शनी संयोजक सुरज बञ्जाडेले स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी हुनु भएको बताए । उनले भने, “बजार अनुगमन गर्ने क्रममा ग्राहक संगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो । प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् ।” 

सङ्घका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, “चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।”

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको बताए । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । 

चालु आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ । उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार