बुधवार, आश्विन १४ गते २०८३

नेपाल टी-ट्वान्टी: फाईनल प्रवेशका लागि जनकपुर र विराटनगर खेल्ने

मंगलवार , पौष २६, २०७९

काठमाडौं। पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार दोस्रो क्वालिफायर खेल हुदैछ ।

दोस्रो क्वालिफायरमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको बीचमा खेल हुँदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

दोस्रो क्वालिफारमा पहिलो क्वालिफाईनमा पराजित जनकपुरले इलिमिनेटर खेलको विजेता विराटनगरसँग खेल्नेछ ।

आजको दोस्रो क्वालिफायर खेलको बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र जनकपुरले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै टोलीले खेल जनकपुरले जितेका थिए ।

आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार