आइतवार, श्रावण २४ गते २०८३

तनहुँ अदालतबाट पल शाहले पाए सफाइ

मंगलवार , माघ ३, २०७९

काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले शाहलाई सफाइ दिएको हो । 

बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभीयोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षेतिपूर्तिबापत जरिबाना तोकेको थियो ।

उनी हाल तनहुँ कारागारमा छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार