बुधवार, आश्विन १४ गते २०८३

नेपाल टी २० क्रिकेटः थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ती भएको क्यानको निष्कर्ष

बिहिवार , माघ १२, २०७९

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ ।

क्यानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा गल्ती भएको स्वीकार गरेको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने बताए।

 क्यानले प्रतियोगिताका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो । अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको समेत आरोप लगाए। 

उनले ५ टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले केहि  दिनमा पाउने जानकारी दिए। अध्यक्ष चन्दले क्रिकेटर सन्दीप लामिछानेबारे नेपालको कानुन अनुसार अगाढी बढ्ने समेत बताएका छन्।

उनले सन्दीपको विषय गम्भीर रहेको कारण कानुन अनुसार नै अगाडी बढ्ने उल्लेख गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार