आइतवार, आश्विन २५ गते २०८३

प्रदेश २ सरकारमा माओवादी पनि सहभागि, २ मन्त्रीको सपथ आज

शनिवार , श्रावण २, २०७८

काठमाडौं । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजनालाई मन्त्रिमण्डलमा सहभागी गराउने तयारी भएको  छ।मुख्यमन्त्री लालबाबु राउतले यसअघि नेपाली काग्रेसबाट तीनजनालाई मन्त्रिमण्डलमा सहभागी गराएका थिए।

उक्त समयमा नै माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने कुरा भए पनि भागबण्डा नमिल्दा अन्तिम समयमा सहभागी भएन। अहिले माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री चयन गरेको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्री र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दीलिपकुमार साहले जानकारी दिए।

साह र कर्णले आज शपथ लिन लागेका छन् । तर उनीहरुको मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार