काठमाडौं। राष्ट्रिय बीमा प्रधिकरणले बीमा सचेतना तथा कार्यक्रम गरेको छ। दैलेखको दुल्लू नगरपालिकामा प्रधिकरणको प्रदेश कार्यालयले बीमा सम्बन्धी जनचेतनामूलक प्रस्तुतिकरण सहितको कार्यक्रम गरेको हो।
आइतबार नगर प्रमुख भरत प्रसाद रिजालको प्रमुख आतिथ्यता तथा उप प्रमुख बिना कार्की र प्रमुख प्रशासकीय नेपाल अतिथि रहेको कार्यक्रममा नगरपालिकाका स्थानीय सहित करिब १०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा कर्णाली प्रदेश कार्यालयका कायम मुकायम प्रमुख राजेन्द्र महर्जनले प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउने काम गरिरहेको बताएका थिए।
प्राधिकरणले बिमितको हक हित संरक्षण गर्नका लागि नियमित रुमा बीमा व्यवसायको विकास र विस्तारका लागि अभिमुखिकरण छलफल सचेतना तथा अन्तरक्रिया गरिरहेको समेत प्रष्ट पारे।
त्यसक्रममा मर्हजनले बीमाको महत्व, बीमाको प्रकृया, फाईदा/बेफाइदा लगायतका जानकारी दिदै कृषि तथा पशुपन्छी बीमामा सरकारले दिएको अनुदानको उपयोग गर्न अनुरोध गरेका थिए। त्यक्रमा महर्जनले कार्यपत्र समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा नगर प्रमुख भरत प्रसाद रिजालले बीमा कम्पनीहरूलाई दाबी भुक्तानीमा हुने सुस्ता हटाई छिटो छरितो रुपमा बीमा गराउन प्राधिकरणलाई निर्देशन दिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख भरत प्रसाद रिजालले दाबी भुक्तानीका विषयमा प्रश्न गरेका थिए । बीमा कम्पनीहरूले मार्केटिङलाई आक्रामक बनाउने गरेपनि दाबी भुक्तानीमा भने ढिलासुस्ती गर्ने गरेको भन्दै नियामकले प्रभावकारी भूमिका खेल्नु पर्ने रिजालको सुझाव छ । कार्यक्रममा सहभागीहरूले बीमा प्राधिकरणको सराहना गर्दै अभिकर्तालाई उत्तरदायी बनाउन अनुरोध गरेका थिए ।
नगरपालिकामा धेरै कृषि पकेट क्षेत्र समेत रहेकाले बीमा कम्पनीहरूलाई समन्वय गरिदिन आग्रह गरेका थिए । उनीहरूले बीमा क्षेत्रलाई सुधारोन्मुख बनाउनको लागि बीमा अभिकर्ताहरूलाई तालिम प्राप्त र नैतिक बनाउन र बीमा कम्पनीहरूलाई थप उत्तरदायित्व बनाउन सुझाव दिएका थिए ।