आइतवार, श्रावण २४ गते २०८३

बिन्ध्यबासिनी म्युजिक अवार्डबाट स्रष्टा र पत्रकार सम्मानित हुने

आइतवार , माघ २२, २०७९

काठमाडौं। बिन्ध्यबासिनी म्युजिक अवार्डबाट बिभिन्न स्रष्टा र पत्रकार सम्मानित हुने  भएका छन्। शनिबार सम्पन्न बिन्ध्यवासिनी फाउण्डेसनको नबौं वार्षिक भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा रहेको रमपम बिन्ध्यबासिनी म्युजिक अवार्डबाट सम्मानित हुनेहरूको नाम अनुमोदन गरेको हो। 

जस अन्तरगत बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखरपुरुष स्वर्गीय प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन सहित उनको नाममा रहेको “प्रेमध्वज संगीत रत्न सम्मान“ गायक भबीन ढुङ्गानालाई दिइने भएको छ। उनले नगद २५ हजार रुपैयाँ सहित सम्मान प्राप्त गर्नेछन्।

यस्तै बिन्ध्यवासिनी संगीत साधना सम्मानबाट नगद ५० हजार रुपैयाँसहित बरिष्ठ गायिका सुक्मित गुरुङ सम्मानित हुने भएकी छन्। 

यस्तै बिन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट नगद २५ हजारसहित पत्रकार नरेश भट्टराई र बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट १ लाख नगदसहित अग्रज संगीतकार प्रकाश गुरुङ सम्मानित हुने भएका छन्। 

भेलाले बिन्ध्यवासिनी म्युजिक अवार्ड को १३ औं संस्करण २०७९ चैत्रमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

No description available.

 

प्रतिक्रिया
सम्बन्धित समाचार