शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोल र डिजेलकाे मूल्य बढ्यो

सोमवार , माघ २३, २०७९

काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार  डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८,  डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।  

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

noc1675698650.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार