बुधवार, आश्विन १४ गते २०८३

फ्रेन्च कपबाट १४ पटकको च्याम्पियन पीएसजी बाहिरियो

बिहिवार , माघ २६, २०७९

१४ पटकको च्याम्पियन कीर्तिमानी राखेकाे पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। पिएसजीले अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित हुँदै बाहिरिएको हो।

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे।

खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए।

तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।

त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका रक्षकले विफल बनाइदिएका थिए। मेसी र नेइमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजी स्तब्ध बन्यो।

फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार