बुधवार, आश्विन १४ गते २०८३

टर्की सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३ हजार नाघ्याे

शनिवार , माघ २८, २०७९

टर्की र सिरियामा भूकम्पमा परेर २३ हजारभन्दा धेरैकाे मृत्यु भएकाे छ । गत सोमवारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको मृत्यु पुष्टि भएको अलजजिराले जनाएको छ । धेरै मानिसहरु अझै  पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् । भूकम्प गएको ९० घण्टापछि एक जना नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो ।

यस्तै, १ सय ४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार