शुक्रवार, आश्विन १६ गते २०८३

आज बैंक बन्द नहुने

सोमवार , फाल्गुण १, २०७९

काठमाडौं । जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैङ्कहरू भने खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नगद कारोबार, चेक क्लियरिङ र आरटीजीएस लगायत अति आवश्यक सेवा प्रदान गर्न बैंकहरुलाई भनेको छ ।

बिहान १० देखि अपराह्न साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार