काठमाडौं। काठमाडौँको कालोपुलमा अत्याधुनिक सुविधासम्पन्न ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
पाँचवटा सुपर डिलक्स रुम सहितको “ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट ” स्वदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको छ ।
विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हासिल गरी फर्किएका गुल्मीका दुई युवा यज्ञलाल भण्डारी र चेतन अर्यालको लगभग ७ करोडौं लगानीमा ओम तन्दुरी सञ्चालनमा ल्याइएको हो।
नेपाली, चाइनिज, कन्टिनेन्टल, इन्डियन खानाका साथै बेकरीका भिन्नभिन्न परिकार, औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टरका विशेष परिकार, पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाइजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरूका लागि सस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।
घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी ‘टेकअफ’(प्याकिङ फुड लिने) सुविधा रहेको यस ओम तन्दुरी मनोरम शान्त वातावरणमा फेमिलीको लागि बस्ने छुट्टाछुट्टै रुम, यथेष्ट पार्किङको समेत ब्यवस्था रहेको छ । ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्टमा ,पारिवारिक भेटघाट, बर्थडे, गुन्यु चोली, बिभिन्न किसिमको मिटिङ, सभा लाइभ बारबेक्यू पार्टी लगायतको अन्य शुभकार्य गर्न सकिन्छ।
ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्टले प्रत्यक्ष रुपमा ५५ जनालाई रोजगारी प्रदान गरेको छ ।