बुधवार, आश्विन १४ गते २०८३

युरोपा लिग: बराबरीमा रोकियो युभेन्ट्स

शुक्रवार , फाल्गुण ५, २०७९

काठमाडौं । युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले बराबरी खेलेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा युभेन्ट्सले फ्रेन्च क्लब नान्टेससँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलमा सुरुआती अग्रता समेत युभेन्ट्सले बनाएको थियो । तर, युभेन्ट्सले त्यसलाई जोगाउन सकेन ।

खेलको १३ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६० औं मिनेटमा लुडोभिच ब्लासले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

अब दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २३ मा हुनेछ । खेल नान्टेसको मैदानमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार