बिहिवार, आश्विन २२ गते २०८३

जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शुक्रवार , फाल्गुण ५, २०७९

काठमाडौं। राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । 
 
शुक्रवार बिहान वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष केसीलगायतले ज्ञापन पत्र बुझाएका हुन । केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।  

प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायतको उपस्थीति थियो ।

newskarkahna-news461212.1676605163.jpgnewskarkahna-news461210.1676605161.jpgnewskarkahna-news461213.1676605160.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार