शुक्रवार, आश्विन १६ गते २०८३

नेपालबाट थप बिजुली भारत निर्यात गर्ने तयारी सुरु

शनिवार , फाल्गुण ६, २०७९

काठमाडौं। नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने तयारी सुरु भएको छ । भारतमा जारी नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने छलफल थालिएसँगै थप बिजुली निर्यात गर्ने बाटो खुलेको हो ।

अहिले नेपाल-भारत ऊर्जा सचिवस्तरीय १० औं बैठक भारतको माउण्ट आबुमा जारी रहेको छ । बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गरेका छन्।

भारतको नेतृत्व समकक्षी आलोक कुमारले गरिरहनुभएको छ । बैठकमा भारतमा थप बिजुली निर्यात, सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार