बिहिवार, आश्विन २२ गते २०८३

एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्ने निर्वाचन आयोगको तयारी

शनिवार , फाल्गुण ६, २०७९

काठमाडौं। निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ ।

सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी गराएका हुन्।

उनले यस वर्षका निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उल्लेख गर्दै देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको प्रष्ट पारे।

त्यसैगरी यसै वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकामा खुसी व्यक्त गर्दै आयोगले निर्वाचनमार्फत् निर्वाचित सम्पूणर् जनप्रतिनिधि एवं निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, मङ्सिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको बताउदै आयोगले फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने आयोगको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार