बिहिवार, आश्विन २२ गते २०८३

माधव नेपालले मागे राष्ट्रपति

सोमवार , फाल्गुण ८, २०७९

काठमाडौं। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन आग्रह गरेका छन्। एमालेलाई कांग्रेसले नमान्ने कांग्रेसलाई एमालेले नमान्ने अवस्था भएकाले नेकपा एसमा राष्ट्रिय सहमति बनाऊँपर्ने नेपालले आग्रह गरेको बताइएको छ ।

पुरानो गठबन्धन हुँदा पनि माओवादी कांग्रेसबीच कुरा नमिल्दा नेपालले आफू प्रधानमन्त्री हुने प्रस्ताव गर्नुभएको थियो । यो प्रस्ताव प्रचण्डका लागि मध्यमार्गी बाटो हुने आँकलन गरिएको छ ।

अहिले पनि कांग्रेस र एमालेले राष्ट्रपतिमा दाबी गरिरहेपनि माओवादीले कुनै प्रतिक्रिया दिइनससकेको अवस्था छ । राष्ट्रपति चुनावमा माओवादीले जसलाई समर्थन गर्‍यो, त्यही राष्ट्रपति हुने लगभग पक्का छ ।

वामपन्थी नै राष्ट्रपति हुँदा एमालेलाई पनि सहज हुने र सत्ता गठबन्धनभन्दा बाहिरबाट हुँदा अहिले कांग्रेस र नेकपा एस पनि साथै भएकाले कांग्रेसलाई पनि समर्थन गर्न सहज हुने तर्क नेपालले राखेको बताइको छ ।

उम्मेदवारी दर्ताको निकट पुग्दा पनि प्रधानमन्त्रीले भने जस्तो राष्ट्रिय सहमति भएको छैन । एमाले अध्यक्ष ओलीले १३ फागुनमा मात्र आफ्नो दलले उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पनि १३ गते नै आफ्नो निणर्य सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार