बुधवार, आश्विन १४ गते २०८३

महिला टीट्वान्टी विश्वकप क्रिकेट: आयल्याण्डलाई हराउदै भारत सेमिफाईनलमा

मंगलवार , फाल्गुण ९, २०७९

काठमाडौं । भारतले दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टीट्वान्टी विश्वकप क्रिकेटको सेमिफाईनलमा स्थान बनाएको छ । 

सोमबार राती भएको खेलमा आयरल्याण्डलाई डीएलएस मेथडमा ५ रनले पराजित गरि भारतले सेमिफाईनलमा स्थान बनाएको हो । 

भारतले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ८.२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाएको अवस्थामा भारी बर्षा सुरु भएको थियो । वर्षा निरन्तर भएपछि खेल डीएलएस मेथडमा गएको थियो ।

आयरल्याण्डका लागि गाबी लुईस ३२ रनमा अविजित रहँदा कप्तान लाउरी डीलेनी १७ रनमा अविजित रहिन् । 

भारतका लागि रेनुका सिंहले १ विकेट लिईन् । 

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । 

भारतका लागि स्कृती मान्धनाले ५६ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८७ रन बनाईन् । शफाली बर्माले २४ रन बनाउँदा जिमिनि राड्रिगेजले १९ रन बनाईन् । 

आयरल्याण्डका लागि कप्तान लाउरी डिलेनीले ३ तथा ओर्ला प्रिनिर्गास्टले २ विकेट लिईन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार