बुधवार, आश्विन १४ गते २०८३

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

मंगलवार , फाल्गुण ९, २०७९

आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज मंगलबार दुई खेल हुदैछ । 

दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह 'ए' र समूह 'बी' का खेलहरु हुदैछ ।

आजको पहिलो खेलमा समूह 'बी' मा रहेका पाकिस्तान र इंग्ल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । 

यस अघि नै सेमिफाईनल प्रवेश गरिसकेको इंग्ल्याण्ड आजको खेल जितेर समूह 'बी' को विजेता बन्न चाहान्छ । प्रतियोगिताबाट बाहिरिसकेको पाकिस्तान अन्तिम खेलमा जित निकाल्न चाहान्छ । 

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्याण्ड अपराजित रहेको छ । 

आज नै हुने दोस्रो खेलमा समूह 'ए' मा रहेका दक्षिण अफ्रिका र बंगलादेशबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ । 

प्रतियोगिताको सेमिफाईनल सम्भावना कायमै रहेको आयोजक अफ्रिका आज जितका साथ सेमिफाईनल प्रवेश गर्न चाहान्छ । प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेश अन्तिम खेलमा जित निकाल्न चाहान्छ । 

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा दक्षिण अफ्रिका अपराजित रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार