बुधवार, आश्विन १४ गते २०८३

आईसीसी विश्वकप क्रिकेट लिग–२: रोहित र करनको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित

मंगलवार , फाल्गुण ९, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र करन केसीले उत्कृष्ट साझेदारी गरे। 

स्कटल्याण्डले  दिएकाे २१३ रनकाे लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्याे । कमजोर सुरुवात गरेको नेपालका लागि कप्तान पौडेलले १०७ बलमा ७ चौका र ४ छक्काको मद्धतमा ९५ रन जोडे । उनलाई केसीले बलियाे साथ दिए । केसीले ३१ रन जोडे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार