आइतवार, श्रावण २४ गते २०८३

एक हजार करोड क्लबमा पुग्याे पठान

बुधवार , फाल्गुण १०, २०७९

काठमाडौ । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । 

गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरहेकाे छ । उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ 'बलिउड बादशाह' को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार