बिहिवार, आश्विन २२ गते २०८३

एमाले सांसद रघुजी पन्ताको प्रश्नः नेपालको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने हो ?

बुधवार , फाल्गुण १०, २०७९

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले विदेशका एक पूर्व प्रोफरले पूर्व राजदूत र मानवअधिारवादीको नाम नाम लिएर राष्ट्रपतिमा उपयुक्त हुनुपर्छ भनेर भन्नू कस्तो बिडम्बना हो भन्दे उनले प्रश्न गरे। 

‘हाम्रा पुर्खाहरु आफ्नो स्वतन्त्रता, आफ्नो देशको गरिमा, आफ्नो स्वाभिमानका लागि राणाकाल जस्तो अँध्यारो कालमा पनि संवेदनशिल थिए। तर आज दु:खको कुरा, हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा जेएनयूका पूर्व प्रोफेसरले पूर्व राजदूतको नाम, पूर्व सभामुखको नाम, पूर्व अर्थमन्त्रीको लगायत ३/४ जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनका लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ। कस्तो दिन आयो?,’ सांसद पन्तले भने, ‘यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने? यस्तो किन हुन्छ?’ 

केही दिनअघि भारतका कूटनीतिज्ञ सुखदेव मुनीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालका सम्भावित राष्ट्रपति भन्दै चार जनाको नाम सार्वजनिक गरेकाे बिषयलाई लिएर पन्तले सो प्रश्न गरेका हुन्।

यस्तै सांसद पन्तले गत हप्ता भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण हुँदा भएको भेटघाटलाई पनि आपत्ति जनाएका हुन्।

‘हाम्रा मन्त्रीस्तरका राजदूतलाई भारतको विदेश मन्त्रीलाई ताकेता गर्दा मुस्किलले भेटघाट हुन्थ्यो। तर राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतका विदेश सचिव आउँछन् र प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई हामी भेटाउँछौँ। म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु, यो राष्ट्र सम्मानको कुरा हो,’ पन्तले भने, ‘हाम्रो विदेश सचिव जाँदा यही किसिमको सम्मान भारतमा पाउँछ? पाउँदैन भने म नेपाल  सरकारसँग आग्रह गर्छु, विदेशी आउँदा हुने यस्ता भ्रमणलाई नियमन गरियोस्।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार