काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यो देशमा अँझैपनि राजतन्त्र छ भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै ज्वालाले पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको वक्तव्यमा श्री ५ उल्लेख गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
संविधानमाथि प्रहा गर्ने र अहिलेको व्यवस्थाका विरुद्धमा तथा जनताको वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिनेगरि भएका वक्तब्यबाजी प्रति आपत्ति जनाए।