बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार बारेमा छलफल हुने

बिहिवार , फाल्गुण ११, २०७९

काठमाडौं । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकवाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।

तर, नाम भने बैठकवाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार